सागर छ कति गहिरो ( C, D, D# Major )
(सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन
ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२
(सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन)
भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन
बाचा भयो अनन्तको, कहिले म तोड्दिन
(ऋण लायौं कस्तो प्रेमको, चुकाउनु सक्दिन)२
(मीठो तपाईंको अनुग्रह, सुन्दर यो समय
तपाईं नजिक आउँदा येशु, भाग्छ सारा भय)
तपाईंको आनन्दमा पाए, मेरो ठूलो विजय
बाची रहन्छु तपाइँको प्रेममा, हाँसी रहन्छु तपाइँको प्रेममा
तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो
आराधनाको धागोले उनेको छ जीवन यो
Lyrics & Music: Ps. Rohit Thapa
Trackbacks/Pingbacks