Download the song

येशूको घर बनाउने समय ( 4th fret C = E major)

येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ!

यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं।

शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ।

प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन!

को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन?

सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ।

हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ

अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।

Lyrics & Music: Rohit Thapa