Download the song

तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4]

को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले

    तिम्रो मन साँच्चै निष्कलंक भयो के ?

    येशूको त्यो अमोल रगतले ।

१.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?

    ख्रीष्टको रगतले शुद्ध भयौ के ?

    पूरा भरोसा येशूमा राख्छौं के ?

    ख्रीष्टको रगतले शुद्ध भयौ के ?

२.  दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?

    उनको रगतले शुद्ध भयौ के ?

    येशूको आनन्द तिमीले पायौ के ?

    ख्रीष्टको रगतले शुद्ध भएर ।

३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?

    ख्रीष्टको रगतले साफ र उज्जवल

    तिमी स्वर्ग जानलाई तयार छौ के ?

    ख्रीष्टको रगतले शूद्ध भएर ।

४.  पापको दाग लागेको वस्त्र फुकाई देऊ

    ख्रीष्टको रगतले शुद्ध हुन आऊ

    पापी मन चोख्याउने धारा बग्दैछ

    ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।

शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा

आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।

Lyrics & Music: Unknown