Download the prayer

१. लडाई गर्ने स्वर्गदुत

२ राजाहरू 19:35 NNRV

“त्‍यस रात परमप्रभुका स्‍वर्गदूत निस्‍के, र तिनले अश्‍शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्‍ट बिहानै मानिसहरू उठे, त्‍यहाँ सबै लाशहरू मात्र थिए।”

२ इतिहास 32:21 NNRV

“तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।”

यहोशू 5:13 NNRV

“यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।”

२. विनाश गर्ने स्वर्गदुत

प्रस्‍थान 12:23 NNRV

“जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न।”

२ शमूएल 24:16 NNRV

“जब स्‍वर्गदूतले यरूशलेम नष्‍ट पार्नलाई त्‍यसतिर आफ्‍नो हात पसारे, तब त्‍यस्‍तो सत्‍यानाश गर्नदेखि परमप्रभुको मन बदल्‍यो, र मानिसहरूलाई नाश गर्ने ती स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्‍यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।”

प्रेरित 12:23 NNRV

“तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो।”

३. आँखा खोलिदिने र अन्धा गर्ने स्वर्गदुत

२ राजाहरू 6:17-18 NNRV

“तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो। जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो।”

भजनसंग्रह 69:23 NNRV

“तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌।

लूका 4:29-30 NNRV

“तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्‍किजानुभयो।”

यूहन्‍ना 8:5 NNRV

“व्‍यवस्‍थामा मोशाले यस्‍ताहरूलाई ढुङ्गाले हान्‍ने हामीलाई आज्ञा दिएका छन्‌। तपाईं यसको बारेमा के भन्‍नुहुन्‍छ?””

यूहन्‍ना 10:39 NNRV

“तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्‍कनुभयो।”

४. चंगाई गर्ने स्वर्गदुत

यूहन्‍ना 5:4 NNRV

“किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]”

२ राजाहरू 5:10 NNRV

“एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।””

इजकिएल 47:12 NNRV

“नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।””

प्रकाश 22:2 NNRV

“त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।”

५. मुक्तिका हकदार हुनेहरुका निम्ति पठाएको स्वर्गदुत

मत्ती 4:11 NNRV

“तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।”

लूका 22:42-43 NNRV

““हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।” तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।”

१ राजाहरू 19:5-6 NNRV

“तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।”

६. रक्षा गर्ने स्वर्गदुत

दानिएल 3:28 NNRV

“त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए।”

दानिएल 6:21-22 NNRV

“दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।””

भजनसंग्रह 91:11-12 NNRV

“परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।” भजनसंग्रह 34:7 NNRV

“किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।”

७. यात्रामा सुरक्षा गर्ने स्वर्गदुत

प्रस्‍थान 14:19 NNRV

 “तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो।”

प्रस्‍थान 23:21 NNRV

“ध्‍यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ।”

८. कृपा र पक्षको स्वर्गदुत

प्रस्‍थान 25:17-20 NNRV

““अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्‌। पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्‌— एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्‍यसका दुई किनारमा बनाउनू। ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।”

जकरिया 1:12 NNRV

“तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, यी सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्‍म तिनीहरूमाथि आफ्‍नो दया रोकिराख्‍नुहुन्‍छ?””

९. सपना दर्शनमा आउने स्वर्गदुत

उत्‍पत्ति 31:11 NNRV

“त्‍यस बेला परमेश्‍वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्‍नुभयो। मैले भनें ‘हजूर।’”

गन्ती 12:6 NNRV

“तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्‍यससँग सपनामा कुरा गर्छु।”

अय्‍यूब 33:15-18 NNRV

“सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्, तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ। मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।”

दानिएल 2:19 NNRV

“राती दर्शनमा दानिएललाई यसको रहस्‍य प्रकट गरियो। तब दानिएलले स्‍वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,”

मत्ती 1:20 NNRV

“तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।”

मत्ती 2:13 NNRV

“तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।””

१०. प्रभावशाली स्वर्गदुत

न्यायकर्ताहरू 7:13-14 NNRV

“जब गिदोन नजिक आए, एक जना मानिसले आफ्‍नो साथीलाई सपना सुनाइरहेको थियो। त्‍यसले भन्‍यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै-गुड्‌दै आएको देखें। त्‍यो रोटी पालमा आएर त्‍यसमा यति जोडसित बजारियो कि त्‍यसले पाललाई पल्‍टाइदियो र पाल ढल्‍यो।” त्‍यसको साथीले जवाफ दियो, “साँच्‍ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्‍वरले मिद्यान र समस्‍त सेनालाई तिनको हातमा सुम्‍पिदिनुभएको छ।””

भजनसंग्रह 35:6 NNRV

“तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌।”

११. खबर ल्याउने स्वर्गदुत

अय्‍यूब 33:15-18 NNRV

“सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्, तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ। मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।”

लूका 1:11 NNRV

“परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।”

लूका 1:28 NNRV

“स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।””

मत्ती 1:20 NNRV

“तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।”

१२. चार दिशा बतास

इजकिएल 37:8-11, इजकिएल 37

अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्‌। अगमवाणी गर्, र त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्‌’।” तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्‍यो। तिनीहरू जीवित भएर आ-आफ्‍ना खुट्टामा उभिए, र त्‍यहाँ एक अत्‍यन्‍तै ठूलो सेना भयो। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्‍मै इस्राएलको घराना हो। तिनीहरू भन्‍छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्‍यागियौ’।”

१३. गर्जनहरु, आवजहरु, बिजुलीहरु र भूकम्प

यशैया 29:6 NNRV

“सर्वशक्तिमान्‌ परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्‍म गर्ने आगोको ज्‍वालासित आउनुहुनेछ।”

प्रकाश 8:5 NNRV

“तब स्‍वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्‍यसमा भरिदिए, र पृथ्‍वीमा फ्‍याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्‍पन्‍न भए र भूकम्‍प गयो।”

१4. बाटो छेक्ने स्वर्गदुत

गन्ती 22:34 NNRV

“बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।””

१५. अगमवाणी ल्याउने स्वर्गदुत

यशैया 44:26 NNRV

“जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’”

Source: Joshua Himalayas, India