ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,)
( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२
ऐउटा छ पुरानो बाटो सनातनको,
जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै
जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ
सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ
शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई
मेरो येशु यही बाटो भएर आउनु हुदैछ…….
( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२
( आहै… इ.. इ… हो हो हो हो.. )२
( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ
कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२
आखाँले देख्दै छ तपाईको महिमा,
ओठले गाउँदै छ तपाईको प्रशंसा,
आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ…
( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३
Lyrics & Music: Ps. Rohit Thapa
Trackbacks/Pingbacks