Download The Prayer

मुक्ति (यशैया: ४५:८, उपदेशक १२: १)

यशैया 45:8 NNRV

““हे माथिको आकाश, धार्मिकताको वृष्‍टि खन्‍या। बादलले त्‍यो बर्साओस्‌। पृथ्‍वी विस्‍तृत रूपमा खोलिओस्, मुक्ति उत्‍पन्‍न होस्, धार्मिकता साथसाथै बढ्‌न पाओस्‌। म, परमप्रभुले नै यो सृष्‍टि गरेको हुँ।”

उपदेशक 12:1 NNRV

“दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर—”

  • पापको दृढ निश्चय (१ यूहन्ना २:१, गन्ती ३२:२३)

१ यूहन्‍ना 2:1 NNRV

“मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट।”

गन्ती 32:23 NNRV

““तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्‍य तिमीहरूलाई फेला पार्नेछ।”

  • नम्रता र अधीनताको आत्मा (याकूब ४:१०)

याकूब 4:10 NNRV

“प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।”

  • परमेश्वरको वचनको लागि प्रेम (भजन ११९:१०५)

भजनसंग्रह 119:105 NNRV

“तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।”

  • खराबीबाट/दुष्टहरुबाट जोगाउनुहोस् (यूहन्ना १७:१५)

यूहन्‍ना 17:15 NNRV

“तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्‍टबाट सुरक्षित राखिदिनुहोस्‌।”

  • अरूको स्वीकृतिको आवश्यकताबाट मुक्त (गलाती १:१०)

गलाती 1:10 NNRV

“के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।”

  • बुद्धि र बुद्धिमानी छनौट/निर्णय (हितोपदेश ४:५-७)

हितोपदेश 4:5-7 NNRV

“बुद्धि प्राप्‍त गर्, समझशक्ति प्राप्‍त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। बुद्धिलाई नत्‍याग्, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ। बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।”

  • परमेश्वरको अधिनमा बस्ने (याकूब ४:७)

याकूब 4:7 NNRV

“यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।”

  • विश्वासले काम गर्छ (याकूब १:२२, 2:14)

याकूब 1:22 NNRV

“तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।”

याकूब 2:14 NNRV

“मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?”

  • परमेश्वरलाई प्रेम गर्ने मित्रहरु/ साथीहरु (१ शमूएल २३:१६-18)

१ शमूएल 23:16-18 NNRV

“तब शाऊलका छोरा जोनाथन त्‍यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्‍वरमा बल पाउन उत्‍साह दिए। उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।” ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्‍यसपछि जोनाथनचाहिँ आफ्‍नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।”

  • भाईबहिनीसँग राम्रो आजीवन सम्बन्ध (अय्यूब १:२-४)

अय्‍यूब 1:2-4 NNRV

“तिनका सात छोरा र तीन छोरी थिए। तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्‍ये अय्‍यूब सबैभन्‍दा महान्‌ थिए। तिनका छोराहरूले पालैसित आफ्‍नो घरमा भोज लाउँथे र आफ्‍ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्‍त्‍याउँथे।”

  • भविष्यको जीवनसाथी (हितोपदेश १८:२२)

हितोपदेश 18:22 NNRV

“पत्‍नी पाउनेले असल कुरा पाउँछ, र त्‍यसले परमप्रभुबाट निगाह प्राप्‍त गर्छ।”

Source: Pastor Rod Parsley, USA