यर्मियाले छुटकाराको लागि प्रार्थना गरे
यर्मिया 17:14
“हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ।”
यर्मिया 30:17
“तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।”
यर्मिया 33:6
“तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु।”
यर्मिया 29:11-14
“किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्नुहुन्छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु,” परमप्रभु भन्नुहुन्छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्याउनेछु।””
यर्मिया 1:12
“तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।””
मत्ती 17:20
“उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन।”
मत्ती 20:30-34
“बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?” तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।” येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।”
मत्ती 8:14-16
येशूद्वारा धेरै मानिसहरू निको पारिएका
“पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो। उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्। जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।”
मत्ती 8:5-10,13
येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो
“येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” उहाँले तिनलाई भन्नुभयो, “म आएर त्यसलाई निको पार्नेछु।” तर कप्तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।” तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ।”
13 “तब येशूले कप्तानलाई भन्नुभयो, “जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्।” अनि त्यो नोकर त्यही घड़ी निको भयो।”
मत्ती 14:35-36
“जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।”
मत्ती 4:23-24
येशूको उपदेश र मानिसहरूको चंगाई
“अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।”
मत्ती 8:2-3
“एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।” उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो।”
मत्ती 9:27-30
येशूद्वारा धेरै मानिसहरू निको भए
“येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे। उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।””
मत्ती 8:17
“यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।””
मत्ती 15:20
“यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।””
मत्ती 21:22
“विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।”
मत्ती 13:58
“अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।”
मत्ती 16:19
“म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।””
भजनसंग्रह 103:1-5
दाऊदको भजन।
“हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।”
भजनसंग्रह 29:11
“परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ।”
भजनसंग्रह 107:20
“उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।”
भजनसंग्रह 30:2
“हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।”
भजनसंग्रह 18:30
“परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ।”
भजनसंग्रह 23:4
“मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।”
भजनसंग्रह 25:3
“तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्।”
भजनसंग्रह 34:17
“जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।”
भजनसंग्रह 55:22
“तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।”
भजनसंग्रह 57:1
“ममाथि कृपा गर्नुहोस्, हे परमेश्वर, ममाथि कृपा गर्नुहोस्, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्छ। यो आपत् नहटुञ्जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।”
भजनसंग्रह 86:7
7 परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
मेरो दु: खको दिनमा म तपाईंलाई पुकार्नेछु,
किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ।
भजनसंग्रह 91:3
“निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
भजनसंग्रह 91:5-8
“तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन। तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ। तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।”
भजनसंग्रह 112:7
“अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।”
भजनसंग्रह 116:8-9
“किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ, कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।”
भजनसंग्रह 119:50
“मेरो सङ्कष्टमा मेरो सान्त्वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्तछ।”
भजनसंग्रह 119:17
गिमेल्
“आफ्नो दासको उपकार गर्नुहोस्, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु।”
भजनसंग्रह 118:8
“परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।”
भजनसंग्रह 91:9-11
“यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ— तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन। किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।”
भजनसंग्रह 118:17
“म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।”
भजनसंग्रह 91:14-16
“परमप्रभु भन्नुहुन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।”
भजनसंग्रह 107:20
“उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।”
भजनसंग्रह 145:13
“तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ।”
भजनसंग्रह 30:5
“किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आजन्म रहन्छ, आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ।”
भजनसंग्रह 119:92-93
“तपाईंको व्यवस्था मेरो निम्ति आनन्द नहुँदो हो त, म आफ्नो कष्टमा नष्ट भइसक्नेथिएँ। तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ।”
भजनसंग्रह 118:6-7
“परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र? परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु।”
भजनसंग्रह 37:3-8
“परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान। रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।”
भजनसंग्रह 141:3
“हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्।”
यशैया 53:4-5
“निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।”
यशैया 58:6
““अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?”
यशैया 57:18
“मैले त्यसका चालहरू देखें, तर त्यसलाई म निको पार्नेछु। म त्यसलाई डोर्याउनेछु, र फेरि सान्त्वना दिनेछु,”
यशैया 54:13-17
“तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। धार्मिकतामा तँ स्थापित हुनेछस्। अत्याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्यो तेरो नजिक आउनेछैन। कसैले तँलाई आक्रमण गरे तापनि त्यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ। “हेर, आगोको भुङ्ग्रो फुक्ने, र आफ्नो कामको निम्ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरें। र उत्पात गरेर नष्ट गर्नेलाई पनि मैले नै सृष्टि गरेको हुँ। तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ।”
यशैया 45:22-23
““मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन। मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।”
यशैया 43:5
“नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।”
यशैया 49:23
“राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरूले भूइँमा घोप्टो परेर तँलाई दण्डवत् गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्नेछन्। तब तैंले जान्नेछस् कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्।””
यशैया 43:1-2
“तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्। तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।”
यशैया 41:11-14
““तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्ट हुनेछन्। किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’। ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्छ।”
यशैया 7:9
“एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्नो विश्वासमा स्थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्नेछैनौ’।””
यशैया 46:4
“तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।”
यशैया 49:25
“तर परमप्रभु यो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्ठुरहरूबाट लूटको माल खोस्न सकिन्छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु।”
यशैया 55:10-11
“जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”
यूहन्ना 14:27
“शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।”
यूहन्ना 5:2-9
“यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ। त्यहाँ अनेक रोगीहरू, अर्थात्— अन्धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्थे। [तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे। किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे, र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो, जस्तै रोगले ग्रस्त भए पनि, त्यो निको भइहाल्थ्यो।] त्यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो। येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” रोगीले उहाँलाई भन्यो, “हजूर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ।” येशूले त्यसलाई भन्नुभयो, “खड़ा होऊ, र आफ्नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान बोकी ऊ हिँड़िहाल्यो। त्यो दिन शबाथ-दिन थियो।”
यूहन्ना 10:10
““चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।”
यूहन्ना 17:17
“तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।”
लूका 17:12-14
12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”
लूका 18:27
“उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।” उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।”
लूका 13:10-13
येशूले विश्रामको दिन एउटी स्त्रीलाई निको पार्नु हुन्छ
“एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई। येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।” तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी।”
लूका 4:18-19
“याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए। बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो। येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।””
लूका 4:40
येशूद्वारा धेरै मानिसहरू निको भएको
“अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो।”
लूका 6:19
“सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।”
लूका 1:38
“अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।”
लूका 11:9-13
““म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।””
लूका 10:19
“मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।”
2 राजा 20:5
““फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्दिरमा जानेछस्।”
प्रेरित 3:2-9
“मन्दिरभित्र पस्नेहरूसँग भीख माग्न जन्मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भीख माग्यो। यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे।”
प्रेरित 14:8-10
पावल लिस्त्रा र डर्बीमा
“अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एक जना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गड़ो थियो, र कहिल्यै हिँड़ेको थिएन। पावलले बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो।”
प्रेरित 9:32-34
पत्रुस लिड्डामा र जोप्पामा
“पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे। तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। पत्रुसले त्यसलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्यो तुरुन्तै उठिहाल्यो।”
प्रेरित 10:38
“कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो।”
प्रेरित 10:34
कर्नीलियसको घरमा पत्रुसको भाषण
“तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न,”
प्रस्थान 15:26
“र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।””
प्रस्थान 23:25
“तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु।”
हितोपदेश 3:5-8
“आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नै नजरमा बुद्धिमान् नहोऊ, परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्। यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।”
हितोपदेश 4:23-27
“सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्। दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्।”
हितोपदेश 4:10
“सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ।”
हितोपदेश 3:1-2
“हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्।”
हितोपदेश 12:18
“असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।”
हितोपदेश 16:24
“मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ।”
हितोपदेश 13:3
“आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।”
हितोपदेश 18:21
“जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।”
रोमी 8:11
“तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।”
रोमी 8:13
“किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ।”
रोमी 10:17
“जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।”
रोमी 12:11-12
“जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।”
रोमी 2:11
“किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।”
3 यूहन्ना 1:2
“प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु।”
मर्कूस 16:17
“विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,”
मर्कूस 9:23
“येशूले तिनलाई भन्नुभयो, “‘तपाईंले सक्नुहुन्छ!’ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ।””
मर्कूस 11:22-24
“येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।”
मर्कूस 10:27
“येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।””
याकूब 5:14-15
“के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्, र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।”
याकूब 4:7
“यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।”
व्यवस्था 30:19
“आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक,”
व्यवस्था 7:15
“अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्वतन्त्र राख्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्नेहरूमाथि ती ल्याउनुहुनेछ।”
1 पत्रुस 2:24
“हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।”
1 पत्रुस 3:10
“किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।”
1 यूहन्ना 4:4
“मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।”
1 यूहन्ना 5:18
“परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन।”
1 यूहन्ना 5:4
“किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो।”
1 यूहन्ना 5:14
“परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।”
1 यूहन्ना 3:8
“जसले पाप गर्छ त्यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो।”
हिब्रू 11:1
बिश्वास
“अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।”
हिब्रू 11:6
“विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।”
एफिसी 3:20
“उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ,”
एफिसी 6:11-13
“दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो। यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।”
2 कोरिन्थी 10:4-5
“किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।”
Source: Pastor John Hagee, USA