Download the prayer

एफिसी 6:12-14, 16-18 NNRV

“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो। यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ। यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,

साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो। सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।”

अन्तर्बिन्ती

अय्‍यूब 33:14-16, 18 NNRV

“निश्‍चय, परमेश्‍वर धेरै प्रकारले बोल्‍नुहुन्‍छ, यद्यपि मानिसले त्‍यो सुन्‍न सक्‍दैन। सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्, तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ।

मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।”

नहेम्‍याह 1:5-11 NNRV

“तब मैले भनें: “हे परमप्रभु, स्‍वर्गका परमेश्‍वर, महान्‌ र भययोग्‍य परमेश्‍वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्‍नो करार विश्‍वाससित राख्‍नुहुन्‍छ। इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्‍न तपाईंले आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्‍वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्‍यसमा दोषी छौं। तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं। “आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने पृथ्‍वीको पल्‍लो छेउसम्‍म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्‍थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु’। “तपाईंले आफ्‍नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्‌। हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌। आज यस मानिसको उपस्‍थितिमा आफ्‍नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्‌।” त्‍यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।”

भजनसंग्रह 107:20 NNRV

“उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो।”

भजनसंग्रह 119:169 NNRV

“हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌।”

यर्मिया 33:3 NNRV

“‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।”

यर्मिया 33:6-9 NNRV

““‘तापनि म त्‍यसमा स्‍वास्‍थ्‍य र आरोग्‍यता ल्‍याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्‍त शान्‍ति र सुरक्षा भोग गर्न दिनेछु। म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्‍याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्‍तै निर्माण गर्नेछु। मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु। तब यो सहर पृथ्‍वीका सबै जातिहरूका सामुन्‍ने मेरो निम्‍ति सुनाम, आनन्‍द, प्रशंसा र सम्‍मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्‍नतिका कुराहरू सुन्‍छन्, तब मैले यसलाई दिएको प्रशस्‍त सुख-शान्‍तिको कारण उनीहरू डराएर थरथर काम्‍नेछन्‌।’”

दानिएल 9:3-14 NNRV

“यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें। मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान्‌ र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ, हामीले पाप गरेका छौं र गल्‍ती गरेका छौं। हामी दुष्‍ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्‍वर कृपालु र क्षमाशील हुनुहुन्‍छ। हामीले परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं। तपाईंको आज्ञापालन गर्न अस्‍वीकार गरी सम्‍पूर्ण इस्राएलले तपाईंको व्‍यवस्‍था भङ्ग गरेका छन्‌ र तपाईंदेखि टाढ़ा भएका छन्‌। “यसकारण परमेश्‍वरका सेवक मोशाको व्‍यवस्‍थामा उल्‍लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्‍याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामीमाथि ठूलो विपत्ति ल्‍याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्‍नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्‍यै नगरिएको व्‍यवहार गरिएको छ। मोशाको व्‍यवस्‍थामा लेखिएजस्‍तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्‍ना पापदेखि फर्की तपाईंको सत्‍यतालाई ध्‍यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कृपा खोजेका छैनौं। हामीमाथि विपत्ति ल्‍याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्‍वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्‍छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं।”

योएल 2:12-14 NNRV

“परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ। कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू।”

जकरिया 12:10 NNRV

““अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।”

एफिसी 1:18-19 NNRV

“म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक। अनि हामी विश्‍वास गर्नेहरूका निम्‍ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो,”

एफिसी 4:13-15 NNRV

“जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं। बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।”

फिलिप्पी 2:2-5 NNRV

“तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।”

लूका 10:2 NNRV

“उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”

घोषणा

प्रस्‍थान 12:13 NNRV

“तिमीहरू बसेका घरहरूमा त्‍यो रगत तिमीहरूका निम्‍ति चिन्‍ह हुनेछ। जब म त्‍यो रगत देख्‍नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।”

यहोशू 1:9 NNRV

“तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।””

व्यवस्था 4:24 NNRV

“किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ।”

२ राजाहरू 1:10-12 NNRV

“एलियाले ती कप्‍तानलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्‍म पारोस्‌!” तब स्‍वर्गबाट आगो झरेर ती कप्‍तान र तिनका मानिसलाई भस्‍म पार्‍यो। त्‍यसपछि राजाले अर्का एक जना कप्‍तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजा यसो भन्‍नुहुन्‍छ, ‘झट्टै तल आऊ’!” एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्‍म पारोस्‌।” तब परमेश्‍वरको आगो स्‍वर्गबाट झर्‍यो र तिनी र तिनका मानिसहरूलाई भस्‍म पार्‍यो।”

यर्मिया 1:9-10 NNRV

“तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।””

भजनसंग्रह 35:5-6 NNRV

“तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌। तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌।”

भजनसंग्रह 69:23-25 NNRV

“तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌। तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌, र तपाईंको दन्‍किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्‌। तिनीहरूको छाउनी उजाड भइजाओस्‌। तिनीहरूका पालहरूमा कोही वास नगरून्‌।”

भजनसंग्रह 91:1-16 NNRV

“जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ। परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।” निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ। तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन। तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ। यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ— तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन। किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌। तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ। परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु। त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु। लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।””

भजनसंग्रह 118:10-13 NNRV

“सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।”

भजनसंग्रह 140:10 NNRV

“जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्‌, बल्‍दो आगोमा तिनीहरू फालिऊन्‌, र उठ्‌नै नसक्‍ने गरी तिनीहरू दलदले खाल्‍डामा परून्‌।”

यशैया 45:1-3 NNRV

““परमप्रभुले आफ्‍नो अभिषिक्त कोरेसलाई यही भन्‍नुहुन्‍छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्‍याउन, त्‍यसको सामुन्‍ने ढोकाहरू खोल्‍न, र मूल ढोकाहरू बन्‍द हुन नदिन म त्‍यसको दाहिने हात समात्‍छु: म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्‌नेछु। म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्‍यारो ठाउँमा भएको भण्‍डार र गुप्‍त स्‍थानमा जम्‍मा गरेको धन दिनेछु।”

योएल 2:1 NNRV

“सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्‍वनि बजाओ। देशमा बस्‍नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्‍यो नजिकै छ,”

 जकरिया 2:5-8 NNRV

“अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु’। “आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “आओ, हे सियोन! उम्‍किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्‍दछौ।” किनकि सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्‌ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्‍छ त्‍यसले उहाँका आँखाको नानीलाई छुन्‍छ—”

२ तिमोथी 1:7 NNRV

“किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।”

हिब्रू 12:24, 29 NNRV

“र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।

किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।”

अधिकार

भजनसंग्रह 91:13 NNRV

“तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।”

भजनसंग्रह 115:16 NNRV

“सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।”

यशैया 22:22 NNRV

“दाऊदका घरानाको साँचो म त्‍यसको काँधमा राख्‍नेछु। त्‍यसले जे खोल्‍छ, त्‍यो कसैले बन्‍द गर्नेछैन, र त्‍यसले जे बन्‍द गर्छ, कसैले त्‍यो खोल्‍न सक्‍दैन।”

मत्ती 10:1, 8 NNRV

“उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।

बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।”

मत्ती 16:19 NNRV

“म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।””

मत्ती 18:18 NNRV

““साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।”

मर्कूस 16:15-20 NNRV

“अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर। विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्, तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌। तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्‍हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]”

लूका 10:19 NNRV

“मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।”

यूहन्‍ना 14:12 NNRV

““साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।”

प्रकाश 3:7 NNRV

“अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन।”

आशिष् को घोषणा

उत्‍पत्ति 1:28 NNRV

“परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।””

व्यवस्था 28:1-14 NNRV

“आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ। परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌: तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ। तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ। तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌। परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ। तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌। तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ। परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ। मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।”

भजनसंग्रह 1:3 NNRV

“त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।”

भजनसंग्रह 122:1-8 NNRV

“जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ। ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्‌। यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्‍तै छ। इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्‍यहाँ जान्‍छन्‌। त्‍यहाँ न्‍यायका सिंहासनहरू छन्‌, दाऊदको वंशका सिंहासनहरू त्‍यहाँ छन्‌। यरूशलेमका शान्‍तिको निम्‍ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्‌, तेरा पर्खालभित्र शान्‍ति होस्‌, र तेरा किल्‍लाहरूभित्र सुरक्षा।” मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।””

हितोपदेश 16:20 NNRV

“उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ।”

हितोपदेश 24:3-4 NNRV

“बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌।”

यशैया 40:29-31 NNRV

“उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ। युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।”

यशैया 43:18-21 NNRV

““बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु, त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ।”

यशैया 44:3 NNRV

“किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु।”

यशैया 60:1-3 NNRV

““उठ्, प्रकाशमान्‌ हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। हेर्, अँध्‍यारोले पृथ्‍वीलाई, र घोर अँध्‍यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्‍कनुहुन्‍छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्‍छ। जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्‍योतिमा आउनेछन्‌।”

यशैया 62:3 NNRV

“तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।”

दानिएल 1:17 NNRV

“यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।”

प्रेरित 1:8 NNRV

“तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।””

१. लडाई गर्ने स्वर्गदुत

२ राजाहरू 19:35 NNRV

“त्‍यस रात परमप्रभुका स्‍वर्गदूत निस्‍के, र तिनले अश्‍शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब भोलिपल्‍ट बिहानै मानिसहरू उठे, त्‍यहाँ सबै लाशहरू मात्र थिए।”

२ इतिहास 32:21 NNRV

“तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।”

यहोशू 5:13 NNRV

“यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।”

२. विनाश गर्ने स्वर्गदुत

प्रस्‍थान 12:23 NNRV

“जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न।”

२ शमूएल 24:16 NNRV

“जब स्‍वर्गदूतले यरूशलेम नष्‍ट पार्नलाई त्‍यसतिर आफ्‍नो हात पसारे, तब त्‍यस्‍तो सत्‍यानाश गर्नदेखि परमप्रभुको मन बदल्‍यो, र मानिसहरूलाई नाश गर्ने ती स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्‍यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।”

प्रेरित 12:23 NNRV

“तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो।”

३. आँखा खोलिदिने र अन्धा गर्ने स्वर्गदुत

२ राजाहरू 6:17-18 NNRV

“तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो। जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो।”

भजनसंग्रह 69:23 NNRV

“तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌।

लूका 4:29-30 NNRV

“तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्‍किजानुभयो।”

यूहन्‍ना 8:59 NNRV

“तब तिनीहरूले उहाँलाई हान्‍न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्‍दिरबाट बाहिर निस्‍किजानुभयो।”

यूहन्‍ना 10:39 NNRV

“तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्‍कनुभयो।”

४. चंगाई गर्ने स्वर्गदुत

यूहन्‍ना 5:4 NNRV

“किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]”

२ राजाहरू 5:10 NNRV

“एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।””

इजकिएल 47:12 NNRV

“नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।””

प्रकाश 22:2 NNRV

“त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।”

५. मुक्तिका हकदार हुनेहरुका निम्ति पठाएको स्वर्गदुत

मत्ती 4:11 NNRV

“तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।”

लूका 22:42-43 NNRV

““हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।” तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।”

१ राजाहरू 19:5-6 NNRV

“तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।”

६. रक्षा गर्ने स्वर्गदुत

दानिएल 3:28 NNRV

“त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए।”

दानिएल 6:21-22 NNRV

“दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।””

भजनसंग्रह 91:11-12 NNRV

“परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।” भजनसंग्रह 34:7 NNRV

“किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।”

७. यात्रामा सुरक्षा गर्ने स्वर्गदुत

प्रस्‍थान 14:19 NNRV

 “तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो।”

प्रस्‍थान 23:21 NNRV

“ध्‍यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ।”

८. कृपा र पक्षको स्वर्गदुत

प्रस्‍थान 25:17-20 NNRV

““अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्‌। पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्‌— एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्‍यसका दुई किनारमा बनाउनू। ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।”

जकरिया 1:12 NNRV

“तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, यी सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्‍म तिनीहरूमाथि आफ्‍नो दया रोकिराख्‍नुहुन्‍छ?””

९. सपना दर्शनमा आउने स्वर्गदुत

उत्‍पत्ति 31:11 NNRV

“त्‍यस बेला परमेश्‍वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्‍नुभयो। मैले भनें ‘हजूर।’”

गन्ती 12:6 NNRV

“तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्‍यससँग सपनामा कुरा गर्छु।”

अय्‍यूब 33:15-18 NNRV

“सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्, तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ। मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।”

दानिएल 2:19 NNRV

“राती दर्शनमा दानिएललाई यसको रहस्‍य प्रकट गरियो। तब दानिएलले स्‍वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,”

मत्ती 1:20 NNRV

“तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।”

मत्ती 2:13 NNRV

“तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।””

१०. प्रभावशाली स्वर्गदुत

न्यायकर्ताहरू 7:13-14 NNRV

“जब गिदोन नजिक आए, एक जना मानिसले आफ्‍नो साथीलाई सपना सुनाइरहेको थियो। त्‍यसले भन्‍यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै-गुड्‌दै आएको देखें। त्‍यो रोटी पालमा आएर त्‍यसमा यति जोडसित बजारियो कि त्‍यसले पाललाई पल्‍टाइदियो र पाल ढल्‍यो।” त्‍यसको साथीले जवाफ दियो, “साँच्‍ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्‍वरले मिद्यान र समस्‍त सेनालाई तिनको हातमा सुम्‍पिदिनुभएको छ।””

भजनसंग्रह 35:6 NNRV

“तिनीहरूको बाटो अँध्‍यारो र चिप्‍लो होस्‌, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्‌।”

११. खबर ल्याउने स्वर्गदुत

अय्‍यूब 33:15-18 NNRV

“सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्‍त निद्रामा परेका हुन्‍छन्, जब तिनीहरू आफ्‍ना ओछ्यानमा सुतेका हुन्‍छन्, तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ। मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई मृत-लोकबाट त्‍यसको प्राण बचाउनलाई र तरवारबाट त्‍यसको जीवन नाश हुनलाई रोक्‍नुहुन्‍छ।”

लूका 1:11 NNRV

“परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।”

लूका 1:28 NNRV

“स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।””

मत्ती 1:20 NNRV

“तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।”

१२. चार दिशा बतास

इजकिएल 37:8-11, इजकिएल 37

अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्‌। अगमवाणी गर्, र त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्‌’।” तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्‍यो। तिनीहरू जीवित भएर आ-आफ्‍ना खुट्टामा उभिए, र त्‍यहाँ एक अत्‍यन्‍तै ठूलो सेना भयो। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्‍मै इस्राएलको घराना हो। तिनीहरू भन्‍छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्‍यागियौ’।”

१३. गर्जनहरु, आवजहरु, बिजुलीहरु र भूकम्प

यशैया 29:6 NNRV

“सर्वशक्तिमान्‌ परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्‍म गर्ने आगोको ज्‍वालासित आउनुहुनेछ।”

प्रकाश 8:5 NNRV

“तब स्‍वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्‍यसमा भरिदिए, र पृथ्‍वीमा फ्‍याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्‍पन्‍न भए र भूकम्‍प गयो।”

4. बाटो छेक्ने स्वर्गदुत

गन्ती 22:34 NNRV

“बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।””

१५. अगमवाणी ल्याउने स्वर्गदुत

यशैया 44:26 NNRV

“जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’”

Source: Joshua Himalayas, India